• ४ साउन २०८३, सोमबार
  • ८:१६ बेलुका

प्रधानमन्त्रीको चीन भ्रमणबारे देउवाले भने– ‘ऋण लिने सामर्थ्य छैन, अनुदानको कुरा गर्नुपर्छ’

प्रकाशित मिति

२०८१ मंसिर १० गते, सोमबार ०१:४७

मंसिर १०, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने धारणा कांग्रेसको रहेको स्पष्ट पारेका हुन् । उनले चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको बताए ।

Kamana Sewa

उनले भने, ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ । चीन हाम्रो मित्र राष्ट्र हो । किन नजाने त्यहाँ ।’

Classic Tech Desktop

सभापति देउवाले चीन मित्र राष्ट्र भएको र किन त्यहाँ नजाने भन्दै प्रश्न गरे ।

प्रतिकृया