• ४ साउन २०८३, सोमबार
  • ७:५३ बेलुका

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : मन्त्री सिंह

प्रकाशित मिति

२०८१ मंसिर ९ गते, आईतवार ०१:१३

मंसिर ९, २०८१ काठमाडौँ: उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौँ ? भन्दै प्रश्न समेत गरे ।

उनले भने,‘फोहोर मैलामा राजनीतिकरण गरेर त भएन नि । हामीले देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थित गर्न सकौँला त ? प्रश्न आउँछ नि ,यो फोहोरमैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ । चाहे संघीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थानीय सरकार नै किन नहोस् विधिको शासनअनुसार त मान्नु पर्‍यो नि ,प्रक्रिया अनुसार हामी जान्छौँ ।’

Kamana Sewa

उनले फोहोर व्यवस्थापनको विषयमा हुने छलफलको मात्र समाचार बन्ने गरेको भन्दै अब एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला आएको धारणा राखे ।

Classic Tech Desktop

उनले भने,‘काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नका लागि धेरै समय गइसकेको छ । स्थानीय निर्वाचनपछि हरेक समयमा पत्रपत्रिकामा समाचार मिडियाहरुमा फोहोरमैलाको बारेमा समाचार पढ्ने गछौँ । तर अब छलफल गरेको मात्र समाचार बन्ने होइन कि एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला भयो ।’

प्रतिकृया