मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
प्रकाशित मिति
२०८१ मंसिर ९ गते, आईतवार ११:२०
मंसिर ९, २०८१ काठमाडौँ: लेबनानले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार हिजबुल्लाहका एक वरिष्ठ कमाण्डरलाई निशाना बनाउने उद्देश्यले शनिबार बिना चेतावनी यो हमला गरिएको हो ।
यस आक्रमणमा एक आठ तले आवासीय भवन ध्वस्त भएको थियो । यो हमला घना जनसंख्या भएको बस्ता जिल्लामा गरिएको हो । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले उक्त हमलामा तथाकथित बंकर बस्टर बम प्रयोग गरिएको बताएको छ ।
इजरायलले यो हतियार हसन नसरल्लाह लगायत हिजबुल्लाहका वरिष्ठ नेताहरूलाई मार्न प्रयोग गरेको थियो ।
यस हमलामा शनिबार मृत्यु हुनेको संख्या १५ बाट बढेर २० पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले ६० जनाभन्दा बढी घाइते भएको र पीडितको संख्या अझै बढ्न सक्ने जनाएको छ ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया