• ८ असोज २०८३, बिहीबार
  • १२ः१२ राती

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्कँदै

प्रकाशित मिति

२०८१ मंसिर ९ गते, आईतवार १०:३७

मंसिर ९, २०८१ काठमाडौँ: नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन् । गत बुधबार पाँच दिने औपचारिक भ्रमणमा नेपाल आएका द्विवेदी आज स्वदेश फर्किन लागेका हुन् ।
बुधबार काठमाडौं आएका द्विवेदीले सोही दिन पशुपतिनाथको दर्शन गरेका थिए ।

National Life

बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका द्विवेदीले सोही दिन प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए भने बिहीबार नै उनले हनुमान ढोका दरबार क्षेत्रको अवलोकनसमेत गरेका थिए ।

शुक्रबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटवार्ता गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया