• १० असोज २०८३, शनिबार
  • ७ः२२ बेलुका

एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ

प्रकाशित मिति

२०८१ मंसिर ७ गते, शुक्रबार ०१:१५

मंसिर ७, २०८१ काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौंमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ ।

National Life

भद्रकालीबाट सुरु भएको र्‍याली सहिद गेट, सुन्धारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरण सभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । र्‍यालीको नेतृत्व नेकपा ९एमाले० बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

जागरणसभाको संयोजकको जिम्मेवारी पाएका एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकाले जिम्मेवारी ढुङ्गेलले सम्हालेका हुन् ।

र्‍यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूको सहभागी हुने छ । । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ ।

प्रतिकृया