• ६ असोज २०८३, मंगलबार
  • ३ः५० दिउँसो

भारतको झाँसीमा मेडिकल कलेजमा आगलागी हुँदा १० बालबालिकाको मृत्यु

प्रकाशित मिति

२०८१ मंसिर १ गते, शनिबार ०४:४३

मंसिर १, २०८१ काठमाडौँ: भारतको झाँसीमा मेडिकल कलेजमा आगलागी हुँदा कम्तिमा १० बालबालिकाको मृत्यु भएको छ ।

National Life

घटनामा अन्य १६ बालबालिका घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । शुक्रबार राति झांसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । घटनामा घाइते भएका अन्य १६ बालबालिकाको उपचार भइरहेको उल्लेख छ । घटनाको समयमा एनआईसीयूमा ५० भन्दा बढी बालबालिका भर्ना रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

उत्तरप्रदेश सरकारले मृतकका परिवारलाइ ५-५ लाख सहयोग दिने घोषणा गरेको छ भने घाइतेका परिवारलाई ५०-५० हजार दिने घोषणा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया