• ८ असोज २०८३, बिहीबार
  • १२ः१४ राती

संघीय संसदका चार समितिको बैठक बस्दै

प्रकाशित मिति

२०८१ कार्तिक ३० गते, शुक्रबार ०८:४३

कार्तिक ३० , २०८१ काठमाडौँ: आज संघीय संसदका चार समितिको बैठक बस्दै छ ।

National Life

संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ ।

बिहान ११: ३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुमगन बारे छलफल हुने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै अपराहन्न १: १५ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने भएको छ ।

त्यस्तै बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुने भएको छ ।

त्यसैगरी दिनको एक बजे बस्ने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्‍जको अनुगमन कार्यक्रमको समीक्षा हुने बताइएको छ ।

प्रतिकृया