• ६ असोज २०८३, मंगलबार
  • २ः२८ दिउँसो

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउदै, मानार्थ महारथी दर्जा प्रदान गरिने

प्रकाशित मिति

२०८१ कार्तिक २८ गते, बुधबार ०१:१२

कार्तिक २८ , २०८१ काठमाडौँ: भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् ।

National Life

प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा द्विवेदी मंसिर ५ देखि ९ सम्म नेपाल भ्रमणमा आउने कार्यक्रमतय भएको नेपाली सेनाले जानकारी दिएको छ ।

नेपाल भ्रमणका क्रममा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति महारथी अशोक राज सिग्देलसँग भेटघाट एवं छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतना हे.क्वा.को भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेना बिचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ०६ गते एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

साथै, उनले आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिकृया