सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश
प्रकाशित मिति
२०८१ कार्तिक २६ गते, सोमबार १२:४८
कार्तिक २६ , २०८१ काठमाडौँ: सञ्जीव खन्ना भारतका ५१औँ प्रधानन्यायाधीश बनेका छन् । न्यायाधीश सञ्जीव खन्नाले सोमबार बिहान राष्ट्रपति भवनमा भारतको ५१औँ प्रधानन्यायाधीशको सपथ लिएका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ प्रधानन्यायाधीशलाई सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।
आइतबार न्यायाधीश डीवाई चन्द्रचूडले भारतको ५०औं प्रधानन्यायाधीशको रूपमा आफ्नो कार्यकाल समाप्त गरेका थिए । उनी दुई वर्षभन्दा बढी समय यस पदमा थिए।
न्यायाधीश सञ्जीव खन्ना २४ अक्टोबरमा नै भारतको प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनले १९८३ मा आफ्नो करियर सुरु गरेका थिए । सर्वोच्च अदालत अघि उनले दिल्लीको तीस हजारी जिल्ला अदालत, दिल्ली उच्च अदालतलगायत धेरै अदालतमा अभ्यास गरेका थिए ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया