• ११ असोज २०८३, आइतबार
  • ६ः१४ बेलुका

कस्तो छ आजको मौसम ?

प्रकाशित मिति

२०८१ कार्तिक २१ गते, बुधबार ०८:०६

कार्तिक २१ , २०८१ काठमाडौँ: देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

National Life

हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया