• १ असोज २०८३, बिहीबार
  • ५ः२५ बेलुका

एनआरएनए ‘ग्लोबल’ सम्मेलन आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

प्रकाशित मिति

२०८१ कार्तिक ११ गते, आईतवार ०९:५३

कार्तिक ११ , २०८१ काठमाडौँ: काठमाडौंमा आजदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन सुरु हुँदैछ। “रूपान्तरण र एकता: श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने नारा बोकेको यो सम्मेलन भोलिसम्म चल्नेछ।

National Life

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नेछन् भने स्वदेश तथा विदेशबाट पाँच सयभन्दा बढी सहभागी सम्मेलनमा जोडिनेछन्।

पहिलो दिनका सत्रहरूमा नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार, गोर्खा र पिएनआ (नेपाली मूलका विदेशी नागरिक), र जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभावबारे छलफल हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

समृद्ध नेपाल निर्माणका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणका लागि पनि कार्यतालिका तय गरिएको छ।

दोस्रो दिनको सत्रमा प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, र नेपाल पर्यटन प्रवर्द्धनबारे छलफल हुनेछ। यसैबीच, विगतका असन्तुष्ट समूहलाई एकतामा ल्याउँदै साधारणसभालाई साझा मञ्च बनाउने प्रयासका लागि पनि छलफल जारी छ।

एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्मा र रोजिना प्रधान राईले सम्मेलनले लक्ष्य कार्यान्वयनमा मार्गदर्शन दिने र जलवायु परिवर्तनका कारण महिला तथा बालबालिकामा पर्ने असरबारे सरोकारवालासँग विचारविमर्श गरिने जानकारी दिए।

महासचिव गौरीराज जोशीले एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्बको फण्ड) सञ्चालनका लागि अन्तिम तयारी भइरहेको बताए।

प्रतिकृया