• ८ असोज २०८३, बिहीबार
  • १२ः१३ राती

निगमको जहाज उडानरत रहेको

प्रकाशित मिति

२०८१ कार्तिक ५ गते, सोमबार ०२:३३

कार्तिक ५ , २०८१ काठमाडौँ: नेपाल वायुसेवा निगमको चार वटै जहाज भूमिस्थ भएको भनि निगमको साखमा आँच आउने गरि भएको भ्रामक दुष्प्रचारमा सत्यता नरहेकोले उक्त समाचारहरुबाट आमजनमानसमा सिर्जना भएको भ्रम निवारण तथा यथार्थ जानकारी दिनका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

National Life

निगमका दुई वटा न्यारोबडी जहाज नियमित उडानमा रहेका छन् भने एउटा वाइडबडी जहाजको पार्टपुर्जा आज मिति २०८१/०७/०४ साँझसम्म इटलीबाट काठमाडौं आईसक्ने भएकोले तत्काल मर्मत कार्य सकि आजै बेलुकीबाट उडानमा ल्याउने गरी कार्य भईरहेको छ ।

जहाज विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकोले जहाज निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्ड अनुरुप नेपाल वायुसेवा निगमका जहाजहरु नियमित मर्मत सम्भार गर्ने गरिएको छ । यसका बाबजुत पनि कहिलेकाहीँ जहाजमा आकस्मिक प्राविधिक समस्याहरु आउन सक्ने हँुदा तोकिएको मापदण्डभित्र रही मर्मत सम्भार पश्चात नियमित उडान सञ्चालन गर्नु अन्तर्राष्ट्रिय अभ्यास रहि आएको छ । समस्याको प्रकृति र उपलब्ध साधन स्रोतको आधारमा सामान्यतः जहाज केही समयभित्र नै मर्मत सम्भार हुन सकि उडानयोग्य हुन्छ भने कहिलेकाहि धेरै समय लाग्न सक्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्राविधिक कारणले तीनवटा जहाजका यात्रुहरु दुईवटा जहाजबाट ओसारपसार गर्नुपर्ने भएकोले उडानहरु केहि ढिला हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगम क्षमाप्रार्थी छ ।

निगममा कार्यरत जिम्मेवार प्रविधिक एवं अन्य कर्मचारीहरुले जुन मेहनत, लगनशिलता र इमान्दारीतापूर्वक काम गरेका छन् उक्त योगदानको उच्च कदर गर्दै निगमको हितमा अहोरात्र खटिई कार्य सम्पादन गर्दागर्दै वास्तविकता वुझ्ने प्रयास नगरी, वस्तुगत यथार्थ नकेलाइ निगमको साखमा आँच आउने तथा कर्मचारीको मनोवल गिर्ने गरी आधार विहिन ढंगले प्रचार प्रसार नगरीदिनुहुन सम्वद्ध सवैमा आग्रह गरिन्छ ।

प्रतिकृया