प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड
प्रकाशित मिति
२०८१ कार्तिक १ गते, बिहीबार १०:०९

कार्तिक १ , २०८१ काठमाडौँ: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम असोज ३० गतेसम्मको हो ।
कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् ।
यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन् ।
Related
Recent News
- गभर्नरबारे प्रधानमन्त्रीको नयाँ तर्क- आफ्ना मान्छे होइन, ‘मेरिटोक्रेसी’बाट क्षमतावान ल्याउँछौँ
- मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग
- सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने
- प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट, सम्झौता कार्यान्वयनमा जोड
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया