• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०८१ आश्विन १७ गते, बिहीबार ०१:२४

असोज १७ , २०८१ काठमाडौँ: सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने फरार प्रतिवादी सुर्खेत गुर्भाकोट नगरपालिका-५ घर भएका २९ वर्षीय खगेन्द्र यरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा साथी बनी कुराकानीका क्रममा म्यासेञ्जर मार्फत गोप्य तस्विर साटासाट भएको र सामाजिक सञ्जालमा फेक आईडी बनाई उक्त आईडी मार्फत आफन्त तथा साथीलाई ती गोप्य तस्विरहरू पठाई चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साईबर ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरसँगको समन्वयमा उनलाई वैदेशिक रोजगारीबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो ।

Kamana Sewa

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा खगेन्द्रले महिलाको चरित्र हत्या गरेको खुल्न आएको र उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा २०७९ वैशाख २३ गते साईबर ब्यूरोमा मुद्दा दर्ता भई फरारको सूचिमा रहेको तथा उनलाई इन्टरपोलद्वारा रेड नोटिस समेत जारी भएको थियो ।

Classic Tech Desktop

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिकृया