• ८ असोज २०८३, बिहीबार
  • ८ः१६ राती

लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न सकिने

प्रकाशित मिति

२०८१ आश्विन १६ गते, बुधबार १२:०८

असोज १६ , २०८१ काठमाडौँ: सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ ।

National Life

लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको जानकारी दिएको छ ।

साथै मन्त्रालयले तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेवनानमा रहेका नेपाली नागरिकहरु तथा उनीहरुका आफन्तहरुले निम्न सम्पर्क नम्बर तथा इमेलमार्फत सम्पर्क गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

१- नेपाली राजदूतावास कायरो, इमेलः [email protected], सम्पर्क व्यक्तिः दीपक घिमिरे, द्धितीय सचिव, फोन: +२०१०९७७७२३४८ (ह्वाट्सएप) ।

२- अवैतनिक नेपाली वाणिज्यदूतावास, बेरुत, इमेलः [email protected]. सम्पर्क व्यक्तिः मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन: +९६१३३०११८१/ +९६१८१८८३७१३ ।

३- परराष्ट्र मन्त्रालय, काठमाडौं, इमेलः [email protected], सम्पर्क व्यक्तिः श्रीकृष्ण सिलवाल, शाखा अधिकृत, फोन नं. +९७७- ९८४११७९५२० ।

प्रतिकृया