• ७ असोज २०८३, बुधबार
  • १०ः०२ राती

हात्तिको आक्रमणमा परी एक जनाको मृत्यु, एक घाइते

प्रकाशित मिति

२०८१ आश्विन १३ गते, आईतवार ११:४३

असोज १३ , २०८१ काठमाडौँ: जंगली हात्तिको आक्रमणमा परी कञ्चनपुर जिल्लामा एक जनाको मृत्यु भएको छ । लालझाडी गाउँपालिका वडा नं. ४ डागाँजाइका ५० वर्षीय रामदल रानाको मृत्यु भएको हो ।

National Life

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीले राती १ बजे बस्तिमा पसेका हात्तिको आक्रमणमा परेर रानाको ज्यान गएको बताए ।

राती हात्ति धपाउने क्रममा उनि हराएका थिए । बिहान उखुबारीमा हात्तिले कुल्चिएको अवस्थामा उनको शव फेला परेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

हात्ति धपाउने क्रममा ३५ वर्षीय नियनन्द राना पनि सामान्य घाइते भएका छन् । पछिल्लो समय कञ्चनपुर जिल्लामा हात्तिको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।

प्रतिकृया