• ६ असोज २०८३, मंगलबार
  • १ः०४ दिउँसो

सर्वोच्चका दुई न्यायाधीश सिफारिश

प्रकाशित मिति

२०८१ आश्विन ११ गते, शुक्रबार ०३:५८

असोज ११ , २०८१ काठमाडौँ: न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

National Life

न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाई हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैर संवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दवाद दिँदै विरोध गरिरहेका बेला परिषदले न्यायाधीश सिफारिश गरेको छ ।

प्रतिकृया