• ५ असोज २०८३, सोमबार
  • १०ः२७ बिहान

एएफसी यू-२०: नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल

प्रकाशित मिति

२०८१ आश्विन ११ गते, शुक्रबार ०३:५३

असोज ११ , २०८१ काठमाडौँ: एएफसी यू-२० एशियन कप छनौटमा नेपाल बहराइनसँग पराजित भएको छ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा सम्पन्न खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको हो ।

National Life

यो हारपछि नेपालको एशियन कपमा छनौटको सम्भावना सकिएको छ ।

नेपालले यसअघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै बहराइनको यो जितपछि ३ खेलमा ६ अंक भएको छ र समुह बी मा तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया