• ५ असोज २०८३, सोमबार
  • ११ः०७ बिहान

विश्वकप लिग– २ : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

प्रकाशित मिति

२०८१ आश्विन ६ गते, आईतवार ०८:५९

असोज ६, २०८१ काठमाडौँ : विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ। पहिलो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो।

National Life

यो खेल आइतबार साँझ ८:४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ। क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले दोस्रो खेल खेल्न लागेको हो। नेपालले ओमानसँगसमेत पहिलो खेलमा १ विकेटको हार खाएको छ। ओमानसँगको अन्तिम खेल नेपालले मंगलबार खेल्नेछ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी-२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ। क्यानडामा सिरिज खेलिसकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ। अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी-२० आई सिरिज खेल्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

चार खेल खेलेको नेपालको २ अंक छ। यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँगका दुई खेलमा हार खाएको थियो भने नेदरल्याण्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो।

प्रतिकृया