• ५ असोज २०८३, सोमबार
  • ११ः३७ बिहान

अमेरिकामा ओली र मोदीको भेटवार्ता हुँदै

प्रकाशित मिति

२०८१ आश्विन ६ गते, आईतवार ०८:४७

असोज ६, २०८१ काठमाडौँ : संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच सोमबार बिहान करिब आधा घण्टा भेटवार्ता हुने तय भएको हो ।

National Life

ओली पछिल्लोपटक प्रधानमन्त्री भएयता पहिलोपटक मोदीलाई भेट्न लागेका हुन् । उनीहरूबीच द्विपक्षीय हितका विषयमा कुराकानी हुने बताइएको छ । ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो ।

अमेरिकामा रहँदा ओलीले मोदीका साथसाथै दक्षिण एसियाका अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने भएका छन् । उनले बंगलादेश, पाकिस्तानका नेताहरूसँग अमेरिकामै भेटवार्ता गर्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया