• २१ असोज २०८३, बुधबार
  • ७ः१५ बिहान

कांग्रेस र एमालेबीच सत्ता सहकार्यले नागरिक खुसी : सभापति देउवा

प्रकाशित मिति

२०८१ आश्विन ६ गते, आईतवार ०८:१३

असोज ६, २०८१ काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले दुई ठूला दल कांग्रेस र एमादेबीचको सत्ता सहकार्यले नागरिक खुसी भएको पाइएको बताएका छन्। काभ्रेको धुलिखेलमा शनिबार बीपी कोइरालाको शालिक अनावरण गर्दै सभापति देउवाले कांग्रेस र एमालेको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताए।

National Life

उनले भने, ‘कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन् यहाँ। त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ।’

आगामी निर्वाचनमा कांग्रेसलाई कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले आग्रह गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया