• ४ साउन २०८३, सोमबार
  • ९:४६ बेलुका

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना हुँदै

प्रकाशित मिति

२०८१ आश्विन २ गते, बुधबार १२:२२

असोज २ , २०८१ काठमाडौँ: काठमाडौं स्पाइकर्सले आसन्न “वात्सल्य एभरेस्ट महिला भलिबल लिग” अन्तर्गत आफ्नो टोलीको आगामी सिजनका लागि नयाँ प्रतिभाशाली खेलाडीहरूको छनोट गर्न विशेष ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्दैछ। यो कार्यक्रम भदौ ५, २०८१ गतेका दिन काठमाडौंको कभर्ड हलमा हुनेछ।

उक्त समारोह बिहान ११:०० बजे देखि दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ। काठमाडौं स्पाइकर्सका प्रमुख कार्यकारी अधिकृत (सीओओ) सुदिक्षा अधिकारीको विशेष पहलमा यस कार्यक्रमको आयोजना गर्न लागिएको हो । अधिकारीका अनुसार, “हाम्रो उद्देश्य आगामी भलिबल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने खेलाडीहरूलाई अवसर प्रदान गर्नु हो।”

Kamana Sewa

काठमाडौं स्पाइकर्सले नयाँ पुस्ताका खेलाडीहरूलाई प्रोत्साहन गर्दै उनीहरूको प्रतिभा उजागर गर्न र खेल क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यस कार्यक्रमले युवा तथा उत्साही खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ।

Classic Tech Desktop

कार्यक्रम विवरण:
मिति : २०८१/०६/०५
समय : बिहान ११:०० देखि दिउँसो २:००
स्थान : दशरथ रंगशाला कभर्ड हल

सम्पूर्ण इच्छुक खेलाडीहरूलाई २०८१ /०६/०४ गते कार्यालय समय भित्र निम्नलिखित सम्पर्क नम्बरमा सम्पर्क गरी आफ्नो नाम दर्ता गराई यस कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।

प्रतिकृया