• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

एमालेको सचिवालय बैठक बस्दै, वार्षिक कार्ययोजनाबारे छलफल हुने

प्रकाशित मिति

२०८१ भाद्र २८ गते, शुक्रबार ०७:०१

भदौ २८ , २०८१ काठमाडौँ: नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः३० बजे बस्नेछ ।

बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । “बैठकमा समसामयिक विषय र पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुनेछ,” उनले भने ।

Kamana Sewa

भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो ।

Classic Tech Desktop

प्रतिकृया