• ७ असोज २०८३, बुधबार
  • ३ः३६ दिउँसो

प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार

प्रकाशित मिति

२०८१ भाद्र २४ गते, सोमबार १०:२०

भदौ २४ , २०८१ काठमाडौँ: खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

National Life

प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तकपछि गौतमको उपन्यास अद्वैतलाई यो सम्मान दिने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।

प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुन् । प्रा. गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहेका साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई पद्मश्री साधना सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । चामलिङ भारतको सिक्किम राज्यमा पुर्व मुख्यमन्त्री हुन् । उनी सिक्किमको २४ बर्ष मुख्यमन्त्री बनेका थिए ।

त्यस्तै समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेका त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदूत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिएको छ ।

यी तिनै पुरस्कारको राशी जनही रु ३ लाख तथा सम्मान पत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया