• ६ असोज २०८३, मंगलबार
  • ९ः४५ राती

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मन्त्री दाहालद्वारा निरीक्षण

प्रकाशित मिति

२०८१ भाद्र १४ गते, शुक्रबार ०४:४०

भाद्र १४, २०८१ काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज स्थलगत निरीक्षण गरेका छन् ।

National Life

काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिक भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्कनुभएका मन्त्री दाहालले पहिलो चरणमा उक्त सुरुङ मार्गको निरीक्षण गरेका हुन् । उनीसँगै नेकपा (एमाले) धादिङका नेताहरुको टोली काठमाडौँको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोला निस्किएको थियो ।

सुरुङको यात्रा गरेर निस्किएका मन्त्री दाहालले नेपालमा सुरुङ मार्गको युग सुरु भएको बताए । सुरुङमार्गको काम समयमै सक्न र चाँडै सञ्चालनमा ल्याउन उनले निर्माणमा संलग्न कम्पनी र सम्बन्धित निकायलाई निर्देशन दिएको नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

चन्द्रागिरि नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने उक्त सुरुङमार्गअन्तर्गत आपतकालीन सुरुङको लम्बाइ दुई दशमलव ५५७ किलोमिटर र मुख्य सुरुङको लम्बाइ दुई दशमलव ६८८ किलोमिटर छ । आयोजनाका अनुसार हाल तीन चौथाइभन्दा बढी काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपतकालीन सुरुङ छिचोलिएर टर्नेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिए।

“सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम सुरु भएको छ । आयोजनाअन्तर्गत अहिले तीन अन्डर पास, चार कल्भर्ट, तीन पुल, एउटा ओभर पास, फ्लाइओभरलगायत संरचना निर्माण भइरहेका छन्”, उनले भने।

विसं २०८२ को दशैँसम्ममा सवारीसाधन चलाउने गरी सुरुङमार्गको काम भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए । विसं २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।

प्रतिकृया