• ४ साउन २०८३, सोमबार
  • ९:४९ बेलुका

तिज खर्च कटाएर बिरामी व्यवसायी महिलालाई पौने एक लाख सहयोग

प्रकाशित मिति

२०८१ भाद्र १३ गते, बिहीबार १०:४४

भाद्र १३, २०८१ नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले महिला सदस्यले तिज मनाउन लाग्ने खर्च कटाएर स्वास्थ्य समस्यामा परेकी व्यवसायी महिलालाई सहयोग गरेको छ । संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वको पदाधिकारी र सदस्य सम्मिलित टोलीले बुधबार संघका साधारण सदस्य कृष्णा शाहीलाई ७६ हजार तीन सय रुपैयाँ सहयोग गरेको हो ।

नेपालगन्ज औद्योगिक क्षेत्रभित्र कृष्णा चमेना गृह सञ्चालन गरिरहेकी शाही एपेन्डाइटिक्सको इन्फेक्सनबाट गम्भीर प्रकृतिको बिरामी भएकी छन् । लामो समयदेखि ओछ्यानकै बास भएको छ ।

Kamana Sewa

संघको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ५१ हजार रुपैयाँ र कार्य समिति पदाधिकारी र सदस्यबाट संकलन गरेको २५ हजार तीन सय रुपैयाँ औद्योगिक क्षेत्रभित्र रहेको निवासमै पुगेर अध्यक्ष धामीले शाहीका पतिलाई रकम हस्तान्तरण गरेका हुन् । संघले महिला उपाध्यक्ष मन्दिरा पाण्डेको संयोजकत्वमा शाहीलाई सहयोग संकलन गर्न इन्दिरा शाही र उमा ग्राण्डन सदस्य रहेको समिति बनाएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष धामीसँगै महिला उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव भीम बहादुर रानाभाट, उपमहासचिव टेकबहादुर खड्का, कोषाध्यक्ष मख्खन धामी, प्रवक्ता डम्बरबहादुर चन्द, सदस्यहरु इन्दिरा शाही, शिव दाहाल, राजिव तलंगा र सुदन केसीको सहभागिता रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया