• २ असोज २०८३, शुक्रबार
  • २ः३८ राती

लागु औषध कोकिन १ किलो ८८ ग्राम सहित १ जना विदेशी नागरिक पक्राउ

प्रकाशित मिति

२०८१ भाद्र ९ गते, आईतवार १२:२४

भाद्र ९, २०८१ काठमाडौँ: लागु औषध नियन्त्रण व्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरी टोलीले निरन्तर निग्रानी गर्दै जाने क्रममा अवैध लागु औषध कोकिनको कारोबारमा संलग्न अन्तराष्ट्रिय गिरोहका विदेशी नागरिकलाई लागु औषध कोकिन सहित पक्राउ गरिएको छ ।

National Life

मिति २०८१।०५।०३ गते Quatar Airway को उडान द्वारा नेपाल आएका IVORY COAST का नागरिक बर्ष ३५ को VAMARA KONE लाई कोकिनका ६९ वटा क्याप्सुल सहित जिल्ला काठमाण्डौ का.म.न.पा. २६ ठमेल ज्याठा स्थित एक होटेलबाट पक्राउ गरिएको छ । उक्त कोकिनका क्याप्सुलहरु निजले खेलौना भित्र लुकाउ छिपाउ गरी राखिएको अवस्थामा बरामद गरिएको हो । निजसंग बरामद क्याप्सुलहरुबाट जम्मा लागु औषध कोकिन १ किलो ८८ ग्राम बरामद गरिएको छ ।

निज VAMARA KONE ले उक्त क्याप्सुलहरु नाईजेरियाबाट निलेर (Swallow) ईथोपियाबाट दोहा हुँदै काठमाण्डौ आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
साथै निज उपर लागु औषध नियन्त्रण ऐन, २०३३ वमोजिम आवश्यक कारवाही भईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया