• ७ असोज २०८३, बुधबार
  • ३ः४१ दिउँसो

नेपाली सेनाले माग्यो २८० जना अधिकृत

प्रकाशित मिति

२०८१ भाद्र ७ गते, शुक्रबार १०:३९

भाद्र ७, २०८१ काठमाडौँ: नेपाली सेनाले साधारण सेवातर्फ २८० जना अधिकृत भर्नाको लागि दरखास्त आह्वान गरेको छ।

National Life

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डा काठमाडौँले शुक्रबार सूचना जारी गर्दै रिक्त अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको हाे । ती पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ।

सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्तानबाट १४ जना, खुलाबाट १४७ जना, महिला २४, आदिवासी/जनजाती ३८, मधेसी ३३, दलित १८, पिछडिएको क्षेत्रबाट ६ जना गरी २८० जना भर्ना गर्न चाहेको जंगी अड्डाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना

प्रतिकृया