• ४ साउन २०८३, सोमबार
  • ९:४७ बेलुका

हुम्ला जीप दुर्घटना: घाइते एकको मृत्यु, तीन जनाको उपचार हुँदै

प्रकाशित मिति

२०८१ भाद्र ६ गते, बिहीबार १२:२६

भाद्र ६, २०८१ काठमाडौँ: बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ।

मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए।

Kamana Sewa

बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो। उक्त जीप धनी मल्ल आफैँ थिए।

Classic Tech Desktop

मल्लका दाई नाता पर्ने रोशन शाहीले भने, ‘रमेशले जीप किनेको चार/पाँच महिना मात्रै भयो। सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए। रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन्। उहाँ घरको एक्लो छोरा हुनुहुन्थ्यो।’

दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ।

प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चङ्खेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिकृया