• ४ साउन २०८३, सोमबार
  • १०:२५ बेलुका

पर्यटनमन्त्री पाण्डे पुगे हेलिकप्टर दुर्घटनास्थल

प्रकाशित मिति

२०८१ श्रावण २४ गते, बिहीबार १०:५७

साउन २४, २०८१ काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना स्थलको स्थलगत निरीक्षण गरेका छन् ।

बिहीबार बिहान नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सूर्यचौर पुगेर मन्त्री पाण्डेले घटनास्थलको निरीक्षण गरेका हुन् । मन्त्री पाण्डेसँगै मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतले पनि घटनास्थलको निरीक्षण गरेका छन्।

Kamana Sewa

मन्त्री पाण्डे बुधबारै दुर्घटनास्थलमा जाने तयारीमा थिए। तर, हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय भएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हवाई सुरक्षा लगायतका विषयमा छलफल गर्ने तयारी भएकाले संभव नभएको उनको सचिवालयले जनाएको छ ।

Classic Tech Desktop

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली पाइलट र चार चिनियाँ नगरिक गरी पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिकृया