यूएईमा प्रदर्शन गर्ने बंगलादेशीलाई आजीवनदेखि १० वर्षसम्मको जेल सजाय
प्रकाशित मिति
२०८१ श्रावण ८ गते, मंगलवार १०:५९

साउन ८, २०८१ दुबई : युनाइटेड अरब इमिरेट्सको एक अदालतले हालै बंगलादेशको आरक्षण विरोधी आन्दोलनमा सहभागी हुने ठूलो संख्याका बंगलादेशी नागरिकलाई आजीवनदेखि १० वर्षसम्मको कारावासको सजाय सुनाएको छ ।
अबुधाबी फेडरल कोर्ट अफ अपिलले आइतबार उक्त सजाय सुनाएको हो । आन्दोलनका लागि उत्तेजना फैलाएको भन्दै तीनजना बंगलादेशीलाई आजीवन कारावास, ५३ जनालाई १० वर्षको जेल र अर्का एकलाई ११ वर्षको जेल सजाय सुनाइएको छ ।
उनीहरू बंगलादेशको सरकारविरुद्ध त्यहाँ आन्दोलनमा उत्रिएका थिए । उनीहरूको जेलजीवन सकिएपछि ती बंगलादेशीलाई आफ्नै देशमा फिर्ता गरिने जनाइएको छ ।
उनीहरू यूएइको सडकमा बंगलादेशी सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका थिए । यूएईमा राजनीतिक पार्टी र लेबर युनियन निषेध छ । एजेन्सी
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया