नेपाल वायुसेवा निगमद्धारा २०८१ आषाढ मसान्तमा जहाजको ऋण भुक्तानी
प्रकाशित मिति
२०८१ श्रावण २ गते, बुधबार १०:४५
साउन २, २०८१ काठमाडौँ: निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पुरा र वाइडबडि जहाजकोे आंशिक गरी मिति २०८१ आषाढ ३१ गते जम्मा रु ४३,०९,५५,२८१ (अक्षरेपी त्रिचालिस करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र) रकम भुक्तानी गरेको जनाएको छ ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले २०८१ आषाढ सम्मको अवधिमा ५ अर्व ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाएको छ ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको जनाएको छ ।





प्रतिकृया