• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति ‘उपभोक्ता मञ्च नेपाल’को विरोध

प्रकाशित मिति

२०८१ श्रावण २ गते, बुधबार १०:३८

साउन २, २०८१ काठमाडौँ: उपभोक्ता मञ्च नेपालले हालै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ।

मञ्चका प्रवक्ता उज्वल राज गौतमले विज्ञप्ति प्रकाशित गरी मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

Kamana Sewa

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा ४ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो।

Classic Tech Desktop

विज्ञप्तिमा भनिएको छ, ‘छोटो समयको अन्तरालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर रूपमा बढ्दै गएको र पटकपटक गरी भएको इन्धनको मूल्य वृद्धि सँगसँगै सार्वजनिक यातायात का साथ साथै दैनिक उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुने गर्दा सर्वसाधारण आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ’ ‘यसर्थ यो मूल्यवृद्धिको निर्णय तत्कालै फिर्ता लिन र उपभोक्ता हक हित संरक्षण तथा आम नागरिकलाई सहुलियत दिने एवम् जनजीविकाको सवालमा सरकार सम्वेदनशील छ भन्ने कुरा को प्रत्याभूति दिलाउन समेत उपभोक्ता मञ्च नेपाल जोडदार माग गर्दछ।’

प्रतिकृया