केन्द्रीय समिति बैठकका लागि तयार पारेको प्रतिवेदन सभापतिले पेस गर्न दिएनन् : मुकुल ढकाल
प्रकाशित मिति
२०८१ असार १९ गते, बुधबार १२:५८
असार १९, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले आफूले केन्द्रीय समिति बैठकका लागि तयार पारेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गर्न नदिएको दाबी गरेका छन् ।
पार्टी बैठक लाइभ गर्ने उनको प्रस्ताव अस्वीकार भएपछि मुखमा कालो टेप बाँधेर पुगेका ढकालले आफ्नो प्रस्तावमा पार्टीलाई रविको नभइ राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख गरेको बताएका छन् ।

‘प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ,’ ढकालले भने, ‘लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन ।’

साथै, उनले पछिल्लो केही घटनाक्रमकाबारेमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव राख्ने अनुमति सभापति लामिछानेले नदिएको बताए।
‘हिजोको पार्टी सचिवालय बैठकको निर्णय बमोजिम , समीक्षा प्रतिवेदनका आधारमा प्रस्ताव तयार पारेको थिए र समीक्षा प्रतिवेदन पछीका सन्दर्भमा आफ्ना भनाइ राख्ने अनुमति दिने सचिवालयले निर्णय गरेको थियो तर आज मलाई बोल्न त दिइएन,’ उनले भने।




प्रतिकृया