• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

सीआईबीले बुझायो ६० किलो सुनको अनुसन्धान प्रतिवेदन, दोश्रो चरणमा २० जना पक्राउ २६ जना अझै फरार

प्रकाशित मिति

२०८१ असार १७ गते, सोमबार ०१:२९

असार १७, २०८१ काठमाडौँ: ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सिआइबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

६० किलो सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले २० जनालाई पक्राउ गरेको छ । प्रहरीको उच्च स्रोतका अनुसार २६ जना अझै फरार छन् ।

Kamana Sewa

सिआइबीले पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको छ ।

Classic Tech Desktop

सिआइबीले पक्राउ परेकाहरूबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरेको छ । पक्राउ परेकाहरूलाई संगठित अपराध, सुनको अवैध तस्करी लगायतमा सजाय माग गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रतिवेदन अध्ययन गर्दैछ। उसले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी गरेको छ ।

प्रतिकृया