• २५ भदौ २०८३, बिहीबार
  • ११ः१२ राती

ओम बिरला बने भारतका सभामुख

प्रकाशित मिति

२०८१ असार १२ गते, बुधबार १२:४०

असार १२, २०८१ काठमाडौँ: ओम बिरला लोक सभाको सभामुख चुनिएका छन् । उनी लगातार दोस्रो पटक लोक सभा सभामुख चुनिएका हुन् ।

National Life

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम पेस गरेका थिए, जसमा अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरे । इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल सुरेशलाई उम्मेदवार बनाएको थियो ।

सरकारको नेतृत्व गरेको भारतीय जनता दल (भाजपा)सँगै एनडीए घटक दलका नेताहरूले पनि समर्थन गरेपछि ध्वनी मतबाट उनी सभामुख चुनिए ।

Classic Tech Mobile
Classic Tech Desktop

कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।

प्रतिकृया