• ७ असोज २०८३, बुधबार
  • १०ः०२ राती

चाँगुनारायण नगरपालिकाको सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान गर्न बन्देज, जङ्क फुड पनि निरुत्साहित

प्रकाशित मिति

२०८१ असार १० गते, सोमबार ०४:१६

असार १०, २०८१ भक्तपुर : चाँगुनारायण नगरपालिकाले आफ्नो नगरभित्रका सार्वजनिक स्थानमा धुम्रपान, मद्यपान र लागू औषध प्रयोगमा बन्देज लगाउने भएको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक स्थानमा उक्त कृयाकलापमा बन्देज लगाउने जानकारी दिएका हुन् ।

National Life

“सार्वजनिक स्थानमा धुम्रपान, मद्यपान र लागू औषध प्रयोगलाई पूर्ण बन्देज लगाइनेछ साथै जङ्क फुड निरुत्साहित गरिनेछ ।” उनले भने ।

नगरकोट भ्रमण वर्ष २०८२ लाई प्रभावकारी बनाउनका लागि स्रोत र साधनको उचित व्यवस्थापन गरिने नगरप्रमुख खत्रीले नीति तथा कार्यक्रममार्फत् जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, नगरपालिकाले आगामी आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम एवं इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गरि अव्यवस्थित पोल एवं तारहरुको उचित व्यवस्थापन गर्ने नीति लिएको छ ।

आगामी आर्थिक वर्षमा अन्य स्थानीय तहका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुसँग भगिनी सम्बन्ध स्थापना गरि आर्थिक, सामाजिक, साँस्कृतिक एवं वातावरणीय क्षेत्रमा पारस्पारिक सहयोग आदानप्रदानको वातावरण बनाइने नीति लिइएको नगरप्रमुख खत्रीले बताए ।

चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्षमा आफ्नो नगर क्षेत्रभित्र रहेका घाटहरुमा नि:शुल्क रुपमा दाउरा व्यवस्थापन गर्ने लगायतका नीति आगामी आर्थिक वर्षका लागि लिएको छ ।

प्रतिकृया