• २ असोज २०८३, शुक्रबार
  • ३ः५० राती

बकर ईद (ईद उल अजहा) को उपलइष्मा कांग्रेसद्धारा शुभकामना !

प्रकाशित मिति

२०८१ असार ३ गते, सोमबार ११:०६

असार ३, २०८१ काठमाडौँ: नेपाल— प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल रहेकोले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता छ र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ ।

National Life

इस्लाम धर्माबलम्बीहरुले “बकर ईद (ईद उल अजहा)” लाई पवित्र पर्वका रुपमा मनाउँदै आएका छन् । यो पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको छ । यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने आफूले विश्वास लिएको देउवाले बताएका छन् । ‘बकर ईद ९ईद उल अजहा०’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं समृद्धिका लागि पार्टी सभापति देउवाले हार्दिक शुभकामना प्रकट गरेका छन् ।

प्रतिकृया