नेपाल मानव धर्म सेवा समितिद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०८१ असार २ गते, आईतवार ११:४१
असार २, २०८१ काठमाडौँ: विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल मानव धर्म सेवा समिति, काठमाडौँले आज कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको रक्तदान कार्यक्रममा एक सय १३ जनाले रक्तदान गरेका छन् । राप्ती भेरीका शाखा आश्रमहरूबाट ८३ जनाले रक्तदान गरेको समितिको केन्द्रीय कार्यालय गौशालाले जानकारी दिएको छ ।
साथै सेती क्षेत्र आश्रम अत्तरियामा २१ जना रक्तदाताले रक्तदान गरेका छन् । लुम्बिनी क्षेत्र आश्रमले सबैभन्दा बढी रक्तदान गर्ने रक्तदातालाई सम्मान गरेको छ । समितिले विभिन्न अवसर पारेर हरेक वर्ष देशै भरिका आश्रममा रक्तदान गर्ने गरेको छ । समिति काठमाडौं जिल्लामा अत्यधिक महिला रक्तदाताको रूपमा रक्तसञ्चार केन्द्रबाट पुरस्कृत भइसकेको छ ।
रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन शुरु गरिएको हो ।






प्रतिकृया