• 8:19 am

टेक्नो मोबाइलको उत्कृष्ट गेमिङ फोन – पोभा ६ नेपाली बजारमा प्रस्तुत

प्रकाशित मिति

२०८१ असार २ गते, आईतवार १०:५५

असार २, २०८१ काठमाडौँ: नेपालमा Tecno र itel मोबाइल फोनको आधिकारिक राष्ट्रिय वितरक महालक्ष्मी मोबाइल्सले नेपालमा उपलब्ध हालको सबैभन्दा शक्तिशाली गेमिङ फोनहरू मध्ये एक Tecno POVA 6 सार्वजनिक गरेको छ।

POVA 6 मा 256 GB ROM का साथ 24 GB RAM सुपर मेमोरी रहेको छ भने MediaTek Helio G99 छ जुन वर्तमान प्रविधिले दिन सक्ने सर्वोत्कृष्ट गेमिङ प्रोसेसर हो। POVA 6 मा 6000mAh ब्याट्री र 70W अल्ट्रा चार्ज छ – अर्थात् यो फोन मूलतः एउटा पावरहाउस नै हो।

POVA 6 ले विशिष्ट गेमिङ अनुभवको लागि पर्याप्त अवसर दिन्छ – किनकि यसमा 6.78″ FHD र AMOLED डिस्प्ले छ। यो फोनको क्यामेराको कुरा गर्दा 108 MP डुअल रियर क्यामेरा रहेको छ ।

हाल, POVA 6 सबैभन्दा पातलो सम्भव 6000mAh स्मार्टफोन हो। यो फोन अपग्रेड गरिएको गेमप्लेको साथ उच्च-अन्त अडियो, भिजुअल, झटका र टच अनुभवको साथ उपलब्ध छ।

प्रतिकृया