• ५ साउन २०८३, मंगलबार
  • १०:१३ बिहान

गृहमन्त्री लामिछाने भन्छन्- सरकारमा त हामी छौं, सत्ता अर्को छ

प्रकाशित मिति

२०८१ जेष्ठ ३२ गते, शुक्रबार ०४:३६

जेठ ३२, २०८१ काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफु सरकारमा भएपनि सरकार अरुले नै चलाएको गुनासो गरेका छन् । गृहमन्त्री बनेको सयदिन पुगेको अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार फेरिदा पनि सत्ता नफेरिएको टिप्पणी गरेका हुन् ।

गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारलगायत विभिन्न प्रकारका फाइल खोल्न चाहेपनि सत्ता पक्षबाट असहयोग भएको संकेत गरेका छन् । उनले भनेका छन्- ‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ । सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ । सरकार फेरिँदा पनि सत्ता फेरिँदैन । नेपालमा सरकारमा त हामी छौं । सत्तामा त के–के छ, के–के छ ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रो चाहीँ हुन्छ ।’

Kamana Sewa

उनले बेथितिका कयौं फाइलहरु खोल्नेवित्तिकै साइन गर्नेगरी तयार होलान् भन्ने लागेको भए पनि त्यस्तो नभएको बताएका छन् ।

Classic Tech Desktop

सय दिनको अवधिमा आफुले देशलाई नराम्रो हुने केहि काम नगरेको बताउदै भने- ‘नेपाली जनताको कसम आएर शपथ लिएर बसेको सय दिनमा मैले यो देशलाई नराम्रो हुने, यहाँका जनतालाई नराम्रो हुने एउटा पनि काम गरिन ।’

गृहमन्त्री लामिछानेले गृह मन्त्रालयमा हेल्प डेस्क स्थापना गरेर दैनिक सयौं मानिसहरुलाई सेवा दिइरहेको बताउदै अन्य संयन्त्रबाट पनि चुस्तदुरुस्त सेवा दिइरहेको दाबी गरे ।

प्रतिकृया