• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

प्रधानमन्त्रीले आज हेटौंडा सब स्टेसनको उद्घाटन गर्दै

प्रकाशित मिति

२०८१ जेष्ठ ३२ गते, शुक्रबार १०:२६

जेठ ३२, २०८१ हेटौडा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौँडा सबस्टेसनको आज उद्घाटन गर्दै छन् ।

नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको हो ।

Kamana Sewa

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।

Classic Tech Desktop

प्रतिकृया