• 4:32 pm

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार नियुक्त

प्रकाशित मिति

२०८१ जेष्ठ २५ गते, शुक्रबार ०३:३५

जेठ २५, २०८१ काठमाडौँ: मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमतलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका उनी गएको निर्वाचनमा सप्तरीको २(१) बाट निर्वाचित भएका थिए ।

प्रतिकृया