• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

गिरीबन्धु टी स्टेटको फाइल खोल्न विश्वप्रकाशको गृहमन्त्रीलाई चुनौती

प्रकाशित मिति

२०८१ जेष्ठ २४ गते, बिहीबार ०१:३५

जेठ २४, २०८१ काठमाडौँ: नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणका कांग्रेसमाथि बिभिन्न आरोप लगाउने प्रयास भएको भन्दै उक्त प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएका हुन्।

कांग्रेसले बेचेर ७० बिघा खायो भन्ने एमाले अध्यक्षको अभिव्यक्ति प्रमाणित गर्न र कांग्रेसलाई दण्डित गर्न उनले गृहमन्त्रीलाई आग्रह समेत गरे । शर्माले गिरीबन्धुको फाइल खोल्न नभइ यस बिषयमा बोल्न समेत गृहमन्त्रीले नसक्ने तर्क गरे। उनले गिरिबन्धुमा बिषयमा एमालेले कांग्रेसमाथि आरोप लगाएपछि त्यसको जवाफ मात्रै आफूहरुले दिएको बताए ।

Kamana Sewa

त्यस्तै शर्माले सहकारी प्रकरणमा गठित छानविन समितिको कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख नभएपनि गोर्खा मिडियाको अपचलन भन्ने शव्दले गृहमन्त्रीमाथि पनि छानविन हुने जिकिर गरे । उनले देशको प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा संख्यातन्त्रको जीत भएको र सभामुखले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उल्लेख गरे ।

Classic Tech Desktop

कांग्रेस महामन्त्री शर्माले न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन काठमाडौं महानगरले गरेको काम ठिक रहेको भन्दै संघको सरकारले हस्तक्षेप गर्न नहुने बताए ।

प्रतिकृया