२५ औं कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज
प्रकाशित मिति
२०८१ जेष्ठ २४ गते, बिहीबार ११:४०
जेठ २४, २०८१ काठमाडौँ: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा कलेजो प्रत्यारोपणले पनि निरन्तर गति लिएको छ । केन्द्रमा २५ औं कलेजो प्रत्यारोपण गरेका निजगढ, बाराका ५४ वर्षीय बद्री प्रसाद चौलागाई प्रत्यारोपण भएको १० औं दिन आज सकुशल डिस्चार्ज भएका छन् । उनलाई उनकी ५१ वर्षिय श्रीमती यानु कुमारी गौतमले कलेजो दान दिएकी थिइन ।
बरिष्ठ कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यस वर्ष मात्रै १५ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ । केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको कुरा केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनु भयो ।
केन्द्र स्थापना भएको १२ वर्षमै देशको सबैभन्दा धेरै १२४८ जना मृर्गौला र २५ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ । केन्द्रको उपयुक्त जमिन तथा आफ्नै भवनको अभाव भएपनि प्रत्यारोपण क्षेत्रमा विश्वस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ र वार्षिक करीब २ अरब रुपैयाँ देशमै संचिति गरेको छ ।
प्रतिकृया