• २४ भदौ २०८३, बुधबार
  • ६ः४५ बेलुका

विद्युतीय चुरोटले किशोरकिशोरी बिग्रिन थाले : सांसद राजभण्डारी

प्रकाशित मिति

२०८१ जेष्ठ २३ गते, बुधबार ०१:४९

जेठ २३, २०८१ काठमाडौँ: नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले विद्युतीय चुरोट (भेप) १८ वर्षमुनिका किशोरकिशोरीकको सहज पहुँच रोक्न सरकारसँग माग गरेकी छन् ।

National Life

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले सरकारसँग १८ वर्षमुनिका किशोरकिशोरीले बजारमा सहजै भइरहेको भेप खरिदबारे सोच्न माग गरेकी हुन् ।

‘किशोरकिशोरीको स्वास्थ्यमा असर पार्ने हुनाले १८ वर्षमुनिकालाई भेपको फैलिँदो बजार पहुँचमा नियन्त्रण गर्न सरकारले सोच्नु पर्ने होइन ?,’ सांसद राजभण्डारीले भनिन्, ‘सरकार यसका लागि जिम्मेवार बनोस् भनी ध्यानाकर्षण गर्दछु ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले विद्यालय जाने १८ वर्षमुनिका धेरै बालबालिका भेपको कुलतमा फस्दै आएका बताइन् । पुन:स्थापना गृह (रिह्याब सेन्टर) मा उपचारका क्रममा प्रयोग गरिने भेप सरकारले कडाई नगरेपछि अहिले नजानिँदो रुपमा १८ वर्षमुनिकाले दुरुप्रयोग गर्ने प्रवृत्ति बढेको राजभण्डारीले बताइन् ।

प्रतिकृया