चाबहिलमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, परिवारका ५ सदस्य घाइते
प्रकाशित मिति
२०८१ जेष्ठ २३ गते, बुधबार ०१:३१
जेठ २३, २०८१ काठमाडौँ: चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् । प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए ।
श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले कसैको पनि परिचय खुलाएको छैन ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया