सहकारी पीडितद्वारा प्रधानमन्त्रीलाई कालोझण्डा
प्रकाशित मिति
२०८१ जेष्ठ २३ गते, बुधबार १२:४५
जेठ २३, २०८१ पोखरा : पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।
कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।
पीडितहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाउँदै कालो झण्डा र ब्यानर देखाएका थिए ।
प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार पोखरा पुगेका हुन् ।
Related
Recent News
- डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न
- नेप्से परिसूचक अंकमा सामान्य गिरावट, कारोबार ६ अर्ब नजिक
- एसएमई प्लेटफर्म लागू, आईपीओमा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने
- चक्कु आक्रमण भएका बलिवुड अभिनेता सैफ अली खान खतरामुक्त
- अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव
- महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन
- कांग्रेसले दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने
- जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई
- प्रधानमन्त्री ओली पोखरामा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
- युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
प्रतिकृया