• 12:28 pm

दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति

२०८१ जेष्ठ २२ गते, मंगलवार ११:५४

जेठ २२, २०८१ काठमाडौँ: दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान १०:३४ मा भूकम्प गएको हो ।

हिजो राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेटमा भूकम्प महसुस गरिएको थियो ।

यो परकम्प नभएर भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

प्रतिकृया