• २ असार २०८१, शनिबार
  • 2:51 am

शहिदनगरका तत्कालीन प्रशासकीय अधिकृत चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति

२१ जेष्ठ २०८१, सोमबार ११:५४

जेठ २१, २०८१ काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।

विद्यालयको पर्खाल निर्माणकार्य सम्पन्न पश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । यस्तै, आयोगको टोलीले रु एक लाख ७५ हजार बराबरको चेकसमेत नियन्त्रणमा लिएको थियो ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, प्रतिवादी रमेशप्रसाद चौधरी र गुरुदेव यादवविरुद्ध समान रु दुई लाख ७५ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रतिकृया